Anuradha koirala biography in nepali
Anuradha koirala biography in nepali!
अनुराधा कोइराला
अनुराधा कोइराला प्रसिद्ध समाजसेवी तथा माइती नेपालकी संस्थापक अध्यक्ष हुन्।[१] उनले आफ्नो माइती नेपाल नामक गैरसरकारी संस्था मार्फत बेचिएका चेलीबेटीको उद्वार गरेकी छिन्। खासगरी भारतीय कोठीहरूमा बेचिएर नारकीय जीवन बिताउन वाध्य भएका नेपाली चेलीबेटीहरूको उद्धार तथा पुनर्स्थापनामा उनको संस्था कृयाशील छ। यिनले २०१० सिएनएन हिरो को उपाधि पनि पाएकी छिन्।[२]
जन्म र अध्ययन
[सम्पादन गर्नुहोस्]अनुराधाको जन्म १४ अप्रिल १९४९[३] मा ओखलढुङ्गा जिल्लाको रुम्जाटारमा गुरुङ परिवारमा भएको हो। उनका बाबु कर्णेल प्रताप शिंह गुरुङ र आमा लक्ष्मी गुरुङ हुन् ।[४]
१० कक्षासम्म भारतको कालिम्पोङमा अध्ययन गरेकी उनले भारतकै कोलकाताबाट बीए पास गरेकी छिन्। चार जना दाजुभाइ र दुई दिदी बहिनीमध्येकी उनी काँइली हुन्। १९ वर्षे किशोर उमेरमा काठमाडौंका दिनेशप्रसाद कोइरालासँग वैवाहिक बन्धनमा बाँधिएकी अनुराधाका एक मात्र छोरा मनीष कोइराला पनि 'प्रयास नेपाल' नामको गै रसरकारी संस्था चलाउँदै आएका छन्।[५]
मान तथा सम्मान
[सम्पादन गर्नुहोस्]कोइरालाले क